सवारी साधनको फिटनेस टेस्ट गरिने, चार्जिङ स्टेसन विस्तार पनि प्राथमिकतामा

सवारी साधनको फिटनेस टेस्ट गरिने, चार्जिङ स्टेसन विस्तार पनि प्राथमिकतामा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सरकारले सबै प्रकारको सवारी साधनको फिटनेस टेस्ट गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् सबै प्रकारका सवारी साधानको फिटनेस टेस्ट हुनु पर्ने व्यवस्था गरिने जानकारी गराएका हुन् । साथै बिमालाई समय सापेक्ष बनाइने, विद्युतीय सवारी साधानको प्रयोगलाई विस्वासनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ । निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप स्थापना गर्न प्रोत्साहन गरिने पनि बताइएको छ ।

काठमाडौं उपत्यका लगायत ठुला सहरी क्षेत्रमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ ।

Logo