सुनको मूल्य बढ्दा आज चाँदी घट्यो

सुनको मूल्य बढ्दा आज चाँदी घट्यो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo