कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेर अघिबाट बसिरहेको छ । प्रतिनिधिसभामा जारी विपक्षी दलहरूको अवरोध हटाउने प्रयासस्वरूप उनले बैठक राखेका हुन् ।

यसअघि मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को गतिरोध अन्त्य गर्ने, आगामी बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र संसद्को कार्यतालिका तय गर्ने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत विपक्षी दलहरुले बिहीबार बजेट पेस गर्न मात्रै दिएकाे बताइसकेका छन् । अर्काे बैठक २‍० गते बाेलाइएकाे छ ।

Skip This
Skip This
Logo