यामाहा नेपाल हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सर

यामाहा नेपाल हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सर

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको चर्चित रियालिटी शोहिमालय रोडिजको सातौं सिजनकाे टाइटल स्पोन्सर यामाहा नेपालले गर्ने भएकाे छ । ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित यामाहा नेपालले टाइटल स्पोन्सरको रूपमा निरन्तरता पाएकाे हाे ।

साे अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने ‘यस सिजनको ‘हेल अर हेभन’ थिमले हामीले जीवन र यात्रा दुवै ठाउँमा गर्ने छनोटहरूलाई झल्काउँछ । हामी एकपटक फेरि यो प्रेरणादायी सहकार्यमा आबद्ध हुन पाउँदा गर्व गर्दछौं ।’

हिमालय रोडिज अन्तर्राष्ट्रिय शो एमटिभी रोडिजबाट प्रेरित नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो हो । कठोर चुनौती, अप्रत्याशित मोडहरू र सशक्त स्टोरी टेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको सुन्दर भौगोलिक परिवेशमा लगेर शारीरिक र मानसिक रूपमा परीक्षा लिन्छ ।

यता यामाहा नेपालले पर्फर्मेन्स, स्टायल र एडभेन्चरसँग पहिचान जोडिएको ब्रान्डको रूपमा सधैं युवा राइडरलाई प्रेरित गर्दै आएको छ । यामाहाले विगत छ वर्षयता निरन्तर रुपमा हिमालय रोजिडमा स्पोन्सर गर्दै आएको छ ।

Skip This
Skip This
Logo