‘जैविक उर्जाको प्रयोग र नेपालमा सम्भाव्यता’ कार्यक्रम सम्पन्न, जैविक उर्जालाई प्रवर्द्धन गर्न सके वार्षिक अर्बौं आम्दानी

‘जैविक उर्जाको प्रयोग र नेपालमा सम्भाव्यता’ कार्यक्रम सम्पन्न, जैविक उर्जालाई प्रवर्द्धन गर्न सके वार्षिक अर्बौं आम्दानी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ‘जैविक उर्जाको प्रयोग र नेपालमा यसको सम्भाव्यता’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार नेपाल वातावरण पत्रकार समूहले वातावरण दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रम ललितपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरुले नेपालमा जैविक उर्जाको सम्भावना अत्यधिक भएपनि यसको भरपुर रुपमा प्रयोग हुन नसकेको र राज्यले नीति निर्माण देखि लगानीमा विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा ‘नेपालमा जैविक उर्जाको वर्तमान अवस्था, व्यवशायिक उत्पादन र नीतिगत अड्चन, वातावरणिय दृष्टीकोणबाट जैविक उर्जाको प्रयोग, वातावरण तथा विपद्जन्य घटनाको न्यूनीकरण जस्ता विषयमा छलफल भएको थियो ।

वातावरणविद् नवराज पोखरेलले वनजंगलबाट निस्केको पातपतिंगरलाई जैविक उर्जाको रुपमा प्रयोग गर्न सकिने बताएका छन् । नेपालमा ४४ प्रतिशत क्षेत्र वनले ढाकेको छ र २३ हजार हाराहारीमा सामुदायिक वनहरु रहेको उल्लेख गर्दै, सुक्खा मौसममा अत्यधिक वनमा डढेलो लाग्ने गर्छ । यदि वनमा भएका पत्करलाई त्यहाबाट निकालेर एकातिर कम्पोष्ट मलको रुपमा प्रयोग पनि गर्न सकिने र आगलागिलाई नियन्त्रण गर्न सकिने उनले बताए ।

पोखरेलले भने, ‘वनमा डढेको लाग्नुमा ९० प्रतिशत पातपतिंगर हो त्यसैले यसलाई रसमय समयमा वन बाट हटाउन सकियो भने धेरै क्षति हुनबाट बचाउन सकिन्छ । तर वनमा भएको पातपतिंगरको फाइदा र बेफाइदा दुइवटै रहेको छ ।’ वनलाई उर्वर बनाइराख्न पनि सोत्तरको भुमिका हुन्छ, त्यसैले राज्यले सामुदायिक वनको कार्यविधि बनाउदा वनजंगल सफा कुमन समयमा गर्ने र त्यसलाई कसरी उर्जाको रुपमा प्रयोग गर्ने भन्ने विषय उल्लेख गर्न आवश्यक रहेको उनले दाबी गरे ।

नेपाल वातावरण नेपाल जैविक ऊर्जा उद्यमी संघका सह–अध्यक्ष कुबेरमणि नेपालले आफूहरु कृषिजन्य फोहोरलाई मोहरमा बदल्ने काम गरेको बताए । उनले वनजंगरको पातपतिंगरलाई वायोमास उर्जामा परिणत गरि अन्य उर्जा भन्दा सस्तोमा उर्जा उत्पादन गरिरहेको जिकीर गरे तर राज्यलाई उद्यमीहरुलाई ऋणमा सहुलियत प्रदान नगर्दा ब्याज पनि तिर्न नसक्ने भई उद्योग बन्द गर्ने अवस्थामा पुगेको गुनासो गरे ।

उनले भने, ‘वायोमास उर्जा कोइलाबाहेक अन्य इन्धन भन्दा सस्तो र स्वास्थ्यको हिसाबले पनि राम्रो छ । यदि नेपालमै उत्पादित वायोग्यासलाई सबैको भान्सामा उद्योगमा पु¥याउन सकियो भने आयातित इन्धन एलपिजी ग्यास, पेट्रोल, डिजललाई विस्थापीत गर्न सकिन्छ ।’
उनले डाटा प्रस्तुत गर्दै भने, वायोमास उर्जा विजुली भन्दा ४९.६७ प्रतिशत सस्तो पर्न जान्छ । एलपिजी भन्दा ४२.२ प्रतिशत, डिजल भन्दा ४२.२८ प्रतिशत र पेट्रोखल भन्दा ४६.४६ प्रतिशत सस्तो रहेको छ ।

त्यस्तै, १ मेगावाट विद्युत उत्पादन गर्दा लाग्ने लागतले प्रतिघण्टा ४ टन पेलेट प्लान्ट उत्पादन गर्न सकिने अथार्थ पनि सुनाए ।

सह–अध्यक्ष नेपालले नेपालमा रोजगारीको अवसर नभएको कारण दैनिक हजारौं युवा विदेशिने अवस्थालाई रोक्नका लागि यसले महत्वपूर्ण योगदान पु¥याउने विषय पनि उजागर गरे । १ मेगावाट विद्युत उत्पादन गर्दा १५ देखि १५ जनाले रोजगारी पाउछन् भने प्रतिघण्टा ४ टन पेलेट प्लान्ट उत्पादन गर्दा १८० देखि २०० व्यक्तिले रोजगारी पाउँछन् ।

अहिलेसम्म सरकारले जैविक ऊर्जा उद्यमीलाई कुनै कुनै पनि अनुदान नदिएको यदि राज्यले उद्यमीहरुलाई करमा छुट दिएर हुन्छ वा अनुदान दिएर हुन्छ सहयोग ग¥यो भने नेपालमै उत्पादन भएको इन्धनलाई जनसमुदायले सस्तोमा प्रयोग गर्न पाउने छन् ।

त्यसैगरी उर्जा विज्ञ डा. रणबहादुर थापाले यसै वर्षदेखि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले तराईका जिल्लाहरुमा स्वच्छ चुलो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उनले भने, ‘यसका लागि ८७ वटा पालिकासँग सहकार्य भैसकेको छ । १२० वटा पालिकासँग सहकार्य गरी १० लाख घरधुरीमा स्वच्छ चुलो पु¥याउने लक्ष्य लिएका छौं ।’

नेपालमा जैविक उर्जाको सम्भावना भएको र यसलाई भरपुर मात्रामा प्रयोग गर्न सके जैविक उर्जामा नेपाल आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo