काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले नापी र मालपोत खाली गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएकी छन्। "/>

नापी र मालपोत खाली गर्न अख्तियारलाई मन्त्रीको चुनौती

नापी र मालपोत खाली गर्न अख्तियारलाई मन्त्रीको चुनौती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले नापी र मालपोत खाली गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएकी छन्।

भूमिसुधार तथा मालपोत कार्यालयमा सरलिकृत फारमको शुभारम्भ गर्दै मन्त्री अर्यालले नापी र मालपोत कार्यालय सबैभन्दा बढी बदनाम भएको बताउँदै सुधार्नु पर्नेमा जोड दिँदै अख्तियारलाई यस्तो चुनौती दिएकी हुन्।

संवैधानिक निकायको प्रमुखले नापी र मालपोत प्रति गरेको ध्यानाकर्षणले आफू गम्भीर भएको बताउँदै उनले भनिन, ‘देशभर खाली हुने भए गर्नोस, दुई/तीन महिना खाली होला, त्यसपछि नयाँ भर्ती गरेर अघि बढाउँछौं।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएलगतै नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे नापी र मालपोत खाली हुने दाबी गरेका थिए । मन्त्री अर्यालले सबै कार्यालय खाली गरेर शीर उठाउन सक्ने अवस्था बनाउन निर्देशन दिएकी हुन्।

 

Skip This
Skip This
Logo