एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा विशेष छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा विशेष छुट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूले मौलाकाली केवल कारमा १० प्रतिशत छुट पाउने भएका छन् ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी-यूपीआई कार्डबाट पीओएस मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

एससीटी-यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo