काठमाडौं । समयको परिवर्तनसँगै व्यवहारिक शिक्षा आजको अपरिहार्य आवश्यकता बनेको छ । काठमाडौंको सुकेधारामा अवस्थित काठमाडौं टेक्निकल स्कूल (केटीएस) प्रशिक्षार्थीहरूको रोजाइमा पर्ने व्यवहारिक शिक्षाको बलियो आधार बन्दै अगाडि बढिरहेको छ ।
शिक्षालाई सिपसँग र सिपलाई रोजगारीसँग जोड्ने उद्देश्यका साथ स्थापना भएको केटीएसले प्रशिक्षार्थीहरूलाई बजारमा सजिलै रोजगारी प्राप्त गर्न सक्षम बनाउन र स्वरोजगारको बाटोमा अघि बढाउन प्रतिबद्ध छ । विश्व बजारमा सहजै स्थापित हुन सक्ने व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्न केटीएसले आफूलाई एक गर्विलो मञ्चको रूपमा उभ्याएको छ —जहाँ सपनाहरूले उडान भर्छन् र अवसरहरूले नयाँ बाटो खोल्छन् ।
‘सिप भए, संसार जित्न सकिन्छ, देश होस् वा विदेश !’
युवालाई सिप सिकाई दक्ष जनशक्ति उत्पादन गरि आत्मनिर्भर तथा स्वरोजगार बनाउने हेतुका साथ केटीएसको स्थापना गरिएको केटीएसका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र घिमिरेले बताए । उनले भने, ‘केटीएसले विशेषगरी पूर्वाधार, प्रविधि र पाठ्यक्रमलाई प्राथमिकतामा राखेर विद्यार्थीलाई प्रशिक्षण दिने गरेको छ । स्कूलमा सुविधा सम्पन्न ल्याबहरु रहेका छन् । विद्यार्थीलाई पाठ्यक्रममा आधारित शैद्धान्तिक ज्ञान दिइन्छ । पढेको ज्ञान, सिपलाई ब्यबहारसँग जोड्नका लागि ल्याबमा अध्यास गराइन्छ । त्यति मात्र होइन फिल्ड वर्क समेत गराइन्छ ।’
‘सिप भए, संसार जित्न सकिन्छ, देश होस् वा विदेश !’ यो प्रेरणादायी नारालाई आत्मसात गर्दै केटीएस विश्वभर उपयोगी हुने व्यावहारिक सिप सिकाएर प्रशिक्षार्थीहरूलाई आत्मनिर्भर बनाउने मिसनमा अग्रसर छ । छोटो समयमै हजारौं प्रशिक्षार्थीको मन र विश्वास जित्न सफल केटीएसकाे आफ्नो दृढ प्रतिबद्धता कहिल्यै डगमगाउन दिएको छैन, बरु प्रशिक्षार्थीहरूको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउँदै आएको छ ।
सीटीईभीटीबाट मान्यता प्राप्त केटीएसले युकेको विश्वप्रसिद्ध सिटी एण्ड गिल्ड्सद्वारा प्रमाणित कुकरीको अन्तर्राष्ट्रिय कोर्स सञ्चालन गर्छ । यहाँ प्रशिक्षार्थीहरूले विश्वस्तरीय प्रशिक्षण प्राप्त गरी आफ्नो करिअरलाई नयाँ शिखरमा पुर्याउन सक्छन् । केटीएस—जहाँ सिप र सपनाहरू सँगै उडान भर्छन् ।
केटीएसकाे आफ्नो दृढ प्रतिबद्धता कहिल्यै डगमगाउन दिएको छैन, बरु प्रशिक्षार्थीहरूको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउँदै आएको छ ।
केटीएसमा केयर गिभर तथा हस्पिटालिटीका कुकरी, बारिस्टा, बेकरी, हाउसकिपिङ्ग, वेटर–वेट्रेस र बारटेन्डर जस्ता कोर्सहरूका लागि अत्याधुनिक प्रविधियुक्त र सुविधासम्पन्न ल्याबहरूको व्यवस्था छ । यहाँ प्रशिक्षार्थीहरूले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अभ्यास निर्धक्कसँग गर्छन् । ल्याबहरूमा उच्चस्तरीय हाइजिन कायम राखिएको छ, जसले सिकाइलाई थप प्रभावकारी बनाउँछ। त्यसैले त विद्यार्थीको रोजाईमा पर्दै आएको छ केटीएस ।
अनिता लिम्बु केटीएसमा केयर गिभरको प्रशिक्षण लिइरहेकी छन् । सेवाको भाव भएकी उनको चाहना केयर गिभरको प्रशिक्षण लिएर बृद्ध, बृद्धा, असहायको सेवा गर्नु रहेको छ । उनी भन्छिन्, ‘केयर गिभरको कोर्ष लिए पछि सेवाका साथसाथै भविश्य पनि राम्रो भएको र पठनिय वातावरणमा अनुभवि प्रशिक्षकबाट प्रशिक्षण दिइने भएकाले केटीएसलाई रोजेको हुँ ।’
त्यसैगरी पूरण सुर्यवंशी केटीएसमा हस्पीटालिटीको कोर्षमा प्रशिक्षाण लिइरहेका छन् । वैदेशिक रोजगारीमा गएका उनी सिप नहुँदाको परिणाम भोगिसकेका छन् । सिपको महत्व बुझेका उनी नेपाल आएर हजुरबुवाको सल्लाहमा युवाको भविष्य निर्माणमा प्रतिवद्ध रहेको केटीएस जान सल्लाह दिएपछि उनी अहिले केटीएसमा सिप सिकेर सुनौलो भविश्यको परिकल्पना गरिरहेका छन् ।
उनी भन्छन्, ‘सैद्धान्तिक ज्ञान भएर मात्र हुँदैन, आफूसँग सिप पनि भयो भने विश्व बजारमा रोजगारीको प्रचुर सम्भावना रहेको छ ।’
केयर गिभरको प्रशिक्षण लिएर घर परिवारको सदस्यहरुको हेरचाह गर्नुका साथै भविष्य पनि राम्रो भएकोले उक्त कोर्ष रोजेको प्रकाश लामा बताउँछन् ।
कक्षा १२ को परीक्षा सकिएपछि कुन कोर्ष रोज्ने भन्ने दोधारमा परेका विधार्थीहरूका लागि केटीएस एक सुनौलो गन्तव्य हो ।
स्थापनाको छोटो समयमा नै केटीएसबाट १,२०० भन्दा बढी विद्यार्थीले प्रशिक्षण पूरा गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन्। तीमध्ये २०० जना विद्यार्थीले सिप परीक्षणमा समेत उत्कृष्ट सफलता हासिल गरेका छन्। हरेक वर्ष १० हजार युवालाई दक्ष जनशक्ति बनाउने लक्ष्य बोकेको केटीएसले आगामी दिनहरूमा सातवटै प्रदेशमा आफ्नो शाखा विस्तार गरी त्यस संख्यामा युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने अभियानमा तीव्र गतिमा अघि बढिरहेको छ।
कक्षा १२ को परीक्षा सकिएपछि कुन कोर्ष रोज्ने भन्ने दोधारमा परेका विधार्थीहरूका लागि केटीएस एक सुनौलो गन्तव्य हो । पढ्दै–कमाउँदै आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बोकेका युवाहरूले दक्ष र अनुभवी प्रशिक्षकहरूबाट गुणस्तरीय र प्रभावकारी प्रशिक्षण प्रदान गर्ने काठमाडौं टेक्निकल स्कूललाई रोज्न सक्छन्, जहाँ सिपले भविष्यलाई नयाँ उचाइ दिन्छ !





























प्रतिक्रिया