हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठ अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठ अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छिन् ।

श्रेष्ठ वुमन ट्वलोइडको ‘दी भ्वाईस अफ वीमेनको ‘दी विस्ट वुमन सीईओ ईन स्ट्राटेजिक लिडरशिप–जनरल इन्स्योरेन्स, २०२५ बाट सम्मानित भएकी हुन् ।

उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले यो सम्मान केवल आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली बीमा उद्योगको उपलब्धी रहेको बताएकी छिन् । र उक्त सम्मान सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान भएको पनि उनले बताएकी छिन् ।

आफ्नो सफलताको पछाडि पूर्ण टिमको हात रहेको उल्लेख गर्दै उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् ।

बेलायतमा मुख्यालय रहेको वुमन ट्वलोइड एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो । जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् ।

वुमन ट्वलोइडका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’ कोस्टाले भने, “महिलाहरूले व्यवसाय र नेतृत्वमा पुर्‍याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।”

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ ।

‘यो सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो’ कम्पनीले भनेको छ।

Logo