इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात

इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेष रुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्राण्ड प्राइजमा ब्राण्ड न्यु टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

जुन १६ देखि जुन २२, २०२५ सम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । जुन २३, २०२५ देखि, इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन् ।

प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्ने कम्पनीकाे भनाइ छ ।

जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ ।

ग्रान्ड प्राइजको लागि योग्य हुन चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइने कम्पनीकाे भनाइ छ ।

प्रत्येक हप्ता विजेताको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिनेछ ।

Logo