काठ्माडौं । पछिल्लो समय युवापुस्ता स्तरीय र विश्व सुहाउँदो शिक्षा खोजिरहेका हुन्छन्। उनीहरू नेपालभित्रमात्र सीमित नभएर उच्च शिक्षा हासिल गर्न विभिन्न देश पुगिरहेका हुन्छन्। उच्च शिक्षाका लागि विदेशिनु अधिकांशको सपना बन्ने गरेको छ। आफूले चाहेको विषय र गुणस्तरीय शिक्षा हासिल गर्ने हुटहुटी सबैमा हुन्छ ।
तर कतिपय अवस्थामा आर्थिक अभावकै कारण उनीहरूको सपना अधुरै रहने गरेको छ । विद्यार्थीहरूको यहि सपना पूरा नबिल बैंकले सहयात्रीको काम गर्दै आइरहेको छ। नबिल बैंकले उच्च शिक्षाका लागि स्वदेश वा विदेश जान चाहनेहरूको लागि सरल रूपमा शैक्षिक कर्जा उपलब्ध गराउँदै आइरहेको छ ।
बैंकले विदेश पढ्न जाने विद्यार्थीलाई शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) हरुको शुल्क संरचना अनुसार १ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँदै आएको छ ।
विद्यार्थीले शैक्षिक कर्जाका लागि सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर कुर्न नपर्ने बैंकले जनाएको छ । अफर–लेटर प्राप्त गर्नुअघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन दिन सक्नेछन् । विद्यार्थीले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रस्ट पार्ने कागजातसहित सम्पर्क गर्न सक्नेछन्।
कर्जाको लागि प्रक्रिया सुरू गरेदेखि नै बैंकले आवश्यक काउन्सिलिङ समेत गराउँदै आइराखेको हुन्छ । बैंकका अनुसार त्यसरी विदेश जना चाहने विद्यार्थीले २० वर्षसम्ममा ऋण भुक्तानी गर्न पाउनेछन् । कोर्स अवधिसम्म अर्थात् मोरटोरियम अवधिसम्म कुनै सावाँ तिर्नु नपर्ने पनि बैंकले जनाएको छ । कोर्स अवधिसम्म ब्याज मात्र तिरेर कोर्स सकिएपछि भने सावाँ ब्याज भुक्तानी गर्न सकिने लचिलो व्यवस्था यस कर्जामा रहेको छ।
बैंकले न्यूनतम ७ देखि लाखदेखि अधिकतम एक करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँदै आएको छ । यसको ब्याजदर आधारदरमा २ देखि ३ प्रतिशतसम्म कायम हुने बैंकले जनाएको छ । जुन ब्याजदर घटबढसँगै घट्ने बढ्ने भइरहन्छ । स्थिर ब्याज रोज्ने ग्राहकले भने ९.९९ प्रतिशत ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ। यसमा तोकिएको समयअवधि भित्रमा जुनसुकै समयमा एकैपटक सावाँब्याज तिर्न सक्ने सुविधा पनि रहेको छ।
एकपटक लोन आवेदन दिइसकेपछि कारणवस भिसा अस्वीकार भएको खण्डमा त्यहिँ आवेदनलाई पुनः अप्लाई गर्न सकिने बैंकले जनाएको छ । बैंकले मुख्यतय अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा र युके अध्ययन गर्न चाहनेहरूको लागि यो कर्जा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, अमेरिकामा पनि लोन उपलब्ध गराउँदै आएको छ। पछिल्लो समय जापान जाने विद्यार्थीबाट पनि शैक्षिक कर्जा माग हुन थालेको बैंकले जनाएको छ । बैकले नेपालका साथै र अन्य सबै देशहरूमा अध्ययन गर्न चाहनेहरूको लागि पनि सहजै कर्जा उपलब्ध गराउँछ ।
कसरी लिने ऋण ?
यो ऋण लिनको लागि घर वा जग्गा धितो राख्नुपर्छ । जसको लागि घर परिवार भित्रैकै मान्छेको धितो चाहिन्छ भन्ने छैन । इच्छाइएको व्यक्तिको घरजग्गा धितो राखेर पनि ऋण लिन सकिन्छ । सामान्यतया धितो कर्जामा धितो मुल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गरिन्छ भने यो कर्जामा धितो मुल्यांकनको अधिकतम प्रतिशतसम्म कर्जा बैंकले उपलब्ध गराउने बनाएको छ।
विद्यार्थीले प्रयासरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रस्ट पार्ने कागजातसहित सम्पर्क गर्न सक्नेछन् ।
कर्जा लिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुँदा अधिकतम ७० वर्ष कटेको हुनुहुँदैन । बैंकले मागेको आवश्यक प्रक्रिया पूरा गरेमा बैंकले छिटो र पारदर्शी रूपमै कर्जा स्वीकृति गर्दछ।
बैंकले कलेजको ट्युसन फी, आवास खर्च र बीमालाई कभर गर्छ। बैंकले आफ्नो २६८ शाखाबाट यो कर्जा उपलब्ध गराइरहेको छ।
विगत ५ वर्षयता शैक्षिक कर्जा लिनेको संख्या बढेको बैंकले जनाएको छ । बैंकले १५ अर्बभन्दा माथिको शैक्षिक कर्जा प्रवाह गरिसकेको छ । बैंकले सन् २००९ बाट ल्याएको यो स्किम ल्याएको हो । यसमा भुक्तानी र प्रवाह चलिरहन्छ। बैंकले हालसम्म करिब ७ हजार विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराइसकेको छ।
विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरिसकेपछि स्वदेश फर्किएर ज्ञान सिप राष्ट्र निर्माणमा प्रयोग गर्ने बैंकको विश्वास रहेको छ । देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्न सक्दा देशको समृद्धिमा ठूलो टेवा पुग्ने बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । यस बैंक जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहँदै आइरहेको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।































प्रतिक्रिया