जेठ महिनामै भित्रियो १ खर्ब ७६ अर्ब ३२ करोड रेमिट्यान्स

जेठ महिनामै भित्रियो १ खर्ब ७६ अर्ब ३२ करोड रेमिट्यान्स

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । चालु आर्थिक वर्ष जेठ महिनामा नेपाल भित्रिएको रेमिट्यान्सले नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकका अनुुसार जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो एकैमहिनामा भित्रिएको अहिलेसम्मकै धेरै रकम हो ।

अघिल्लो वर्ष सोही महिना रेमिट्यान्स आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो । यसअघि वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष सोही किसिमको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आय रु १४ खर्ब ४३ अर्ब १० करोड थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख आठ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सङ्ख्या क्रमशः चार लाख २१ हजार ३५६ र दुई लाख ६१ हजार २१० थियो ।

Logo