काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको उल्लेख गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित उर्जा जलस्रोेत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभागको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निमार्णकार्यलाई त्रिबता दिनको लागि काम गरिरहेको बताए ।
उनले उर्जा क्षेत्र विकासका लागि व्यक्तिगत भन्दा सामूहिक अधिकार बढी आवश्यक हुने जानकारी दिए । खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको पनि बताए । ‘हामीले भाषण धेरै ग¥यौं, अब साँचिकै काम गर्ने समय हो । यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ । ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो,’ उनले भने ।
मन्त्री खड्काले देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे । उनले वर्तमान सरकारको प्राथमिकता ‘देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने’ रहेको उल्लेख गरे ।
‘कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेका छौं, यो युग चलाउन ऊर्जा अनिवार्य छ । त्यसैले हामीले उत्पादन मात्र होइन, प्रशारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।
खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्थायीत्व र प्रभावकारिता आउने दाबी गरे । यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले भने,‘मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो। त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’





























प्रतिक्रिया