आज सुनको मूल्य बढ्यो, के कतिमा कारोबार भैरहेको छ ?

आज सुनको मूल्य बढ्यो, के कतिमा कारोबार भैरहेको छ ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।

Skip This
Skip This
Logo