काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार २ हजार ४०० रुपैयाँले घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोलामा १५ रुपैयाँले घटेर २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।































प्रतिक्रिया