काठमाडाैं । हालसम्म १०० प्रोफेशनल शेफहरुले शेफ नेपालः द प्रोफेशनल्समा आवेदन दर्ता गराएका छन् । प्राप्त आवेदन मध्ये ३५ नेपालका बिभिन्न होटल, रेस्टुरेन्ट तथा शैक्षिक संस्थासँग आवद्ध प्रोफेशनल शेफ रहेका छन् भने बाँकी ६५ आवेदनहरु विभिन्न देशमा रहेर यस पेशामा काम गरिरहेका शेफहरु छन् ।
सो ६५ आवेदनहरुमा भारतबाट २४, अष्टे«लियाबाट ८, दुबईबाट ६,साउदि अरेयिबाबाट ५, कतारबाट ४, बेलायतबाट ३, डेनमार्क, अमेरिका, माल्दिभ्स र कुवेतबाट २/२, र स्विडेन, क्यानडा, हङ्गकङ्ग, सेसेलिस, ओमन, क्रोयसिया र साईप्रस बाट १/१ बटा रहेका छन् । प्राप्त आवेदनहरु मध्ये १६ आवेदकहरुको प्रमाणिकरण पुरा भई सकेको छ । प्रमाणित आवेदकहरुको जानकारी शेफ नेपालको वेबसाइट तथा सामाजिक संजालहरुमा उपलव्ध रहेका छन् ।
यो प्रोफेशनल शेफहरुको प्रतिस्पर्धात्मक कुकिङ्ग रियालिटि शो हो । यसमा प्रोफेशनल शेफहरुले मात्र सहभागि हुन पाउँछन् । कमर्सियल किचनमा ५ वर्षभन्दा बढिको अनुभव भएको र इण्डष्ट्रिमा डेमि सिडिपि तह वा सो भन्दा माथिका शेफहरुले आवेदन दिन सक्नेछन् ।
हालसम्म प्राप्त आवेदनहरुमा दुसित प्रिन्सेस, भिभान्ता, साउदि एयरलाइन्स क्याटरिङ्ग, दुसितथानी मालदिभ्स, अकेडेमी अफ कलिनरी आर्टस्, सिल्भर माउण्टेन कलेज, म्यारियट काठमाण्डौं, होटल ताज मुंबई, हायात रेजेन्सी, जुमेराह मस्कट ओमन, मक्र्युर होटल, आल्मा होटल रियाद, लगायत होटल र अन्य रेस्टुरेन्टहरुमा कार्यरत शेफहरु यस प्रतिस्पर्धामा सहभागी हुन उत्सुक हुन् ।
देश वा विदेशमा रहेका इच्छुक प्रोफेशनल शेफहरुले यस शोमा अझै पनि आवेदन दिने मौका खुल्ला छ । शेफ नेपालको वेबसाइटमार्फत रजिष्ट्रेसन गर्न सकिने छ ।































प्रतिक्रिया