किङ फुड्सद्वारा ‘मिठास टुकुचे १४०१’ उच्च गुणस्तरीय बासमती चामलको सार्वजनिक घोषणा

किङ फुड्सद्वारा ‘मिठास टुकुचे १४०१’ उच्च गुणस्तरीय बासमती चामलको सार्वजनिक घोषणा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रा.लि. ले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामल” को औपचारिक घोषणा गरेको छ ।

उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिन्छ, जुन विशेष अवसरहरू तथा दैनिकी दुवैका लागि उपयुक्त छ ।

मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी, ५ के.जी. र २० के.जी. मा उपलब्ध छ, साथै तपाईंको नजिकको थोक बजारहरूमा पनि पाइन्छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मा पनि यो चामल उपलब्ध हुनेछ ।

किङ फुड्स प्रा.लि.ले “मिठास” र “महारानी” जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको छ ।

Skip This
Skip This
Logo