बुकीपाटनमा भेडाका लागि पोषणयुक्त घाँस पाइने हुँदा हरेक वर्ष गोठाला बुकी जाने गर्छन् ।
ढोरपाटनमा दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुने लगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यी बुकी क्षेत्रमा यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरु अस्थायी टहरो बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ संख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् ।
एउटै किसानका ५० देखि दुई हजारसम्म भेडापालन गर्ने हुँदा लेकबेसी गरेर हुकाउनुनु पर्ने बाध्यता छ । बाह्रै महिना एकै ठाउँ राख्दा घाँसको अभाव हुने हुँदा वर्षेनी हिउँदमा बेसी र बर्खामा बुकीपाटनमा लैजाने गर्छन् । समुन्द्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा क्षेत्रमा गोठाला जान थालेको वर्षौ भयो । मुख्य पेसानै भेडापालन भए पनि राज्यबाट सहयोग पाउन नसकेको गोठालाको गुनासो छ ।
बर्खाको समयमा बुकी र हिउँदमा बेसीमा झर्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै हो ।





























प्रतिक्रिया