काठमाडौं । श्रावण महिनाको तेस्रो र चौथो सोमबार पनि पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरूका लागि निःशुल्क बस सेवा उपलब्ध हुने भएको छ।
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोष र मयुर यातायातसँगको सहकार्यमा यो सेवा सञ्चालन गरेको हो। यसअघि साउनको पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म बस सेवा उपलब्ध गराइएको थियो। अब तेस्रो सोमबार, साउन १९ गते र चौथो सोमबार, साउन २६ गतेका दिन यो सेवा बिहान ५ बजेदेखि सञ्चालन हुने गीताप्रेसले जनाएको छ।
बस सेवा दुई वटा रुट-
रुट १: बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म।
रुट २: बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भू, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने भएकाले उनीहरूको सुविधा र भीड व्यवस्थापनलाई सहज बनाउन यो सेवा सुरु गरिएको हो। यस सेवाको उद्देश्य भक्तजनहरूलाई सुरक्षित र सहज रूपमा मन्दिर दर्शन गर्ने अवसर प्रदान गर्नु हो।





























प्रतिक्रिया