विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छ -मन्त्री खड्का

विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छ -मन्त्री खड्का

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

उनले भने,‘विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतीहरु पनि दिनानुदिन थपिँदै गइरहेको छन् । वातावरण असरको कुरा छन्,यसको सम्बोधन र समाधान गर्नुपर्ने छ । विद्युत आपूर्तिको मागहरु बढेको छ । त्यसको सम्बोधन व्यवस्थापन गर्नुछ । व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन सकिरहेको छैन् । त्यसलाई तिब्रता दिन आवश्यक छ । हामीले हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिराखेको छौं ।’

मन्त्री खड्काले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसमा भएका कानुनी अर्चन र बाधाहरुलाई संसोधनगरी समयअनुकुल बनाइने बताए ।

‘सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ र गरिराखेको पनि छ । जतिपनि कानुनी अड्चनहरु र बाधाहरु छन् । तीनलाई समयअनुकुल बनाइने छ । संशोधन गरिने छ । ताकी हाम्रा आवश्यकता परिपूर्ति समयमा नै होस् ।’

उनले सबै उत्पादनहरुलाई अगाडि बढाउदा जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर उत्पादन बढाउनुपर्ने धारणा राखे ।

Logo