अपाचे सिरिजकै पावरफुल मोटरसाइकल आरटीआर ३१० नाइमा एक्स्पोमा प्रदर्शनी

अपाचे सिरिजकै पावरफुल मोटरसाइकल आरटीआर ३१० नाइमा एक्स्पोमा प्रदर्शनी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । टीभीएसले अपाचे सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनी गरेको छ । बुधबारदेखि भृकुटीमण्डपमा जारी एक्स्पोमा कम्पनीले बहुप्रतिक्षीत मोटरसाइकल आरटीआर ३१० बिक्रीका लागि नभएर प्रदर्शन मात्र गरेको हो ।

३०० सीसी सेग्मेन्टमा रहेको अपाचे आरटीआर ३१० नेकेड स्पोर्टस मोटरसाइकल हो । अपाचे रिसिजमा सबैभन्दा पावरफुल आरटीआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीड गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध छन् । यसमा कन्ट्रोल, किलेस इग्निसन, इन्जिन ब्रेकिङ कन्ट्रोल जस्ता एड्भान्स फिचर समावेश छन् ।

यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिइएको छ भने स्मार्टफोन र गोप्रोमा समेत कनेक्ट गर्न सकिने छ । क्लाइमेट कन्ट्रोल फिचर पनि उपलब्ध रहेको यसमा मौसम अनुसार सिट तातो र चिसो बनाउन सकिने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo