काठमाडौं । बीजी ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएकाे छ । अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइंक प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ मा बीजीका दुई मोडलहरू बीजी आरयूभी ३५० र बीजी सी १२ सार्वजनिक गरेको हाे ।
सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कुटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।
बीजी आरयूभी दुई भेरिएन्ट आरयूभी ३५० आईईएक्स र आरयूभी म्याक्समा उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख ७९ हजार ४ सय र ३ लाख २५ हजार ३ सय रहेको छ । बीजी सी १२ पनि दुई भेरिएन्ट सी १२ आईईएक्स र सी १२ म्याक्स ३.० मा उपलब्ध छन् । यी मोडलको मूल्य क्रमशः २ लाख २८ हजार ४ सय र ३ लाख ४ हजार ९ सय रुपैयाँ छ ।
बीजी आरयूभी ३५० लाई १६५ एनएमको पिक टर्क, ७५ किलोमिटर प्रतिघण्टा टप स्पिड र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पीएमएसएम इन–ह्विल हाइपरड्राइभ मोटरको साथसाथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपी ६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले सुरक्षित र स्मार्ट बनाएको छ ।
१६ इन्चको ठूलो अलोय ह्विल्स, १६० एमएमको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबुती र स्टाइल दुवैमा अगाडि छ ।
यसैगरी बीजी सी१२ मा फराकिलो लेगरुम र सिट, साथै २३ लिटरको अन्डर–सिट स्टोरेज, १२.७ सेमी टीएफटी स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् । यसमा रहेको एयर–कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपी ६७ रेटेड लिथियम आयोन ब्याट्री सेल र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा दिनेछ ।





























प्रतिक्रिया