नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सबैको मन जित्दै रोयल इनफिल्ड

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सबैको मन जित्दै रोयल इनफिल्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा रोयल इनफिल्डले ग्राहकको ध्यान केन्द्रित गरेको छ । ५० भन्दा बढी ब्रान्डहरू सहभागी भएको एक्स्पोमा रोयल इनफिल्ड सबैको ध्यान आफूतिर तान्न सफल भएको हो ।

नेपालका लागि रोयल एनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्स्पोमा कुनै नयाँ मोडल सार्वजनिक नगरे पनि ४ वटा पुरानै मोडल प्रदर्शनीमा राखेको छ । रोयल इनफिल्डले हन्टर ३५०, हिमालयन ४५०, र क्लासिक ३५० का दुई भिन्न मोडल – डार्क एडिसन र टप भेरियन्ट प्रदर्शनीमा राखेको हो ।

हन्टर ३५० युवा पुस्तालाई लक्षित गरी डिजाइन गरिएको बाइक हो । यसको मूल्य ४ लाख ७९ हजार ८ सय रुपैयाँ रहेको छ । रोयल एनफिल्डको क्लासिक ३५० पुरानो मोडल हो । जुन अघिल्लो पुस्तादेखि नै लोकप्रिय मानिन्छ । क्लासिक ३५० को दुई मोडल, डार्क एडिसन र टप भेरियन्टले पुरानो र नयाँ पुस्ता दुवैलाई एकसाथ जोड्ने काम गर्छ । यसको मूल्य ५ लाख ५५ हजार रहेको छ ।

रोयल एनफिल्डको हिमालयन ४५० सबै प्रकारका भू–भागका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यसको शक्तिशाली इन्जिन र बलियो बनावटले नेपालको अप्ठ्यारो र दुर्गम बाटोहरूमा पनि सहज यात्राको अनुभव दिने कम्पनीको दाबी छ। जसको मूल्य ९ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको छ ।

रोयल एनफिल्ड मेटिअर ३५० एक क्रुजर मोटरसाइकल हो जुन यसको आरामदायी सवारी अनुभव र क्लासिक डिजाइनका लागि प्रख्यात छ । यो बाइक विशेषगरी लामो यात्राका लागि उपयुक्त मानिन्छ। यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ रहेको छ।

रोयल एनफिल्डको अद्वितीय आवाज, क्लासिक र बलियो डिजाइनले पनि धेरैलाई आकर्षित गर्छ । रोयल एनफिल्डलाई यसको मजबुत बनावट र टिकाउपनका लागि चिनिन्छ । यी सबै कारणहरूको संयोजनले गर्दा नै रोयल एनफिल्ड नेपालमा सबैको रोजाइको ब्रान्ड बन्न सफल भएको हो ।

Logo