काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भृकुटीमण्डपमा जारी पहिलो संस्करणको ‘नाइमा नेपाल मोविलिटी एक्स्पो, २०२५’ आज सकिँदैछ ।
आइतबारसम्मलाई तय भएको मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजक नाइमाले एक दिन थपेर सोमबारसम्म प्रदर्शनी तय गरेको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत बुधबार उद्घाटन गरेको एक्स्पोमा हालसम्म ९१ हजार जनाले अवलोकन गरिसकेको नाइमाले जनाएको छ। आइतबार एकै दिन २२ हजार जनाले मोबिलिटी एक्स्पो अवलोकन गरेका थिए।
मोविलिटी क्षेत्रमा नेपालकै ठूलो एक्स्पो दाबी गरिएको एक्स्पोमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन्। ५० भन्दा बढी ब्रान्डका सवारीसाधनहरू, आकर्षक छुट, र सडक सुरक्षा जस्ता महत्त्वपूर्ण छलफलहरूले यो एक्स्पोलाई नवप्रवर्तन र जागरूकताको उत्कृष्ट मञ्च बनाएको छ।
एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, र व्यावसायिक सवारीसाधनका नयाँ मोडलहरू समावेश छन्। विशेषगरी विद्युतीय सवारी ईभीले अवलोकनकर्ताको ध्यान तानेको छ। बीवाईडीको एट्टाे १, महिन्द्राको बीई६ र एक्सइभी ९ई, लिपमोटरको बी१०, र जेको जे५ जस्ता नयाँ मोडलहरूले बजारमा उत्साह थपेका छन्।































प्रतिक्रिया