‘बीवाइडीकाे एटो-१’ किन्दा कति पर्छ मासिक किस्ता ?

‘बीवाइडीकाे एटो-१’ किन्दा कति पर्छ मासिक किस्ता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीकाे एटो-१ यतिबेला भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा आकर्षणकाे केन्द्र बनेकाे छ ।

नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एक्स्पोमार्फत बजारमा भित्र्याएकाे बिवाइडी एटो-वान हेर्ने र बुकिङ गर्नेको भीड नै देखिन्छ ।

कम्प्याक्ट साइज सेग्मेन्टमा उपलब्ध एटो-वान अर्वान ह्याचब्याक कार हो । सहरी उपभोक्ताको चाहना सम्बोधन हुनेगरी आएको एटो-वान दुई भेरियन्टमा उपलब्ध छ ।यसको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यो मूल्यमा एटो-वान खरिद गर्ने उपभोक्ताले सुरूमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट बापत जम्मा गर्नुपर्ने हुन्छ ।

त्यसपछि मासिक २६ हजार ६५० रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिने भएको छ । गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको कारण एटो-वानको इन्ट्री भेरियन्टको लागि १७ लाख ३७ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा पाइनेछ ।

‘विश्व कार पुरस्कार’ जितेको बिवाइडीको यो मोडल अहिलेसम्म १० लाखभन्दा बढी बिक्री भइसकेको छ । नाइमा एक्स्पाेमा कार बुकिङ गर्नेहरूलाई नगद छुट, एक वर्षको अटो बिमा, ३.३ किलोवाटको होम चार्जर र १० वर्षको नि:शुल्क बिवाइडी एप सुविधा दिइएको छ। यसमा डाइनामिकमा ३० किलोवाट आवरको ब्याट्री हुन्छ। यो ब्याट्री फुल चार्ज गरेपछि २३० किलोमिटर यात्रा गर्न पुग्छ। अर्थात्, काठमाडौंमा फुल चार्ज गरेको डाइनामिक एट्टो–१ हाँकेर पोखरासम्म सजिलै पुग्न सकिन्छ। यो ब्याट्री ३.३ किलोवाटको चार्जरले १० घन्टामै फुल चार्ज हुन्छ।

कम्पनीका अनुसार यसको ब्याट्री १० देखि १५ वर्ष सजिलै टिक्छ। ब्याट्रीको क्षमताअनुसार कारको मूल्य फरक छ। डाइनामिक मोडल २८ लाख ९५ हजार रूपैयाँ पर्छ भने प्रिमियम मोडल ३२ लाख ९९ हजार पर्छ। यो गाडी १३० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्छ।

Logo