नाइमा एक्स्पोमा अवलोकनकर्तालाई लोभ्याउँदै ‘बीवाईडी सिलायन–सेभेन’, यस्ता छन् विशेषता

नाइमा एक्स्पोमा अवलोकनकर्तालाई लोभ्याउँदै ‘बीवाईडी सिलायन–सेभेन’, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । चर्चित ब्राण्ड बीवाईडीको ‘बीवाईडी सिलायन–सेभेन’ले भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा चर्चा बटुलिरहेको छ ।

गत वर्षको नाडा अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको बीवाईडी सिलायन–७ नेपाली उपभोक्ताका लागि गत साउन ९ गतेबाट मात्रै उपलब्ध भएको थियो । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बहुप्रतीक्षित ‘बीवाईडी सिलायन–सेभेन’ यो पटक नाइमा मोबिलिटी एक्स्पोमा पनि प्रदर्शनीमा राखेको हो, जसले ग्राहकको ध्यान खिचेको छ।

सिलायन–७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीका रूपमा आएको कम्पनीले जनाएको छ । बीवाईडी सिलायन–७ जस्ता प्रविधि सम्पन्न विद्युतीय सवारीसाधन प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने कम्पनीको विश्वास छ । यसमा १०० किलोवाटको रियर–ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो दुरी क्षमताका लागि डिजाइन गरिएको छ । यो मोडेल बीवाईडीको ओसिएन सिरिजको हिस्सा हो ।

नेपालमा बीवाईडी सिलायन–७ को खुद्रा मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, अहिले सीमित अवधिका लागि ७२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो योजना भने सीमित अवधिका लागि लागू हुनेछ ।

यसमा ब्लेड ब्याट्री १० वर्ष र २ लाख किलोमिटर रहेको छ । इलेक्ट्रिक मोटर १० वर्ष र १ लाख ८७ हजार ५ सय किलोमिटर, पूरै सवारीसाधन (एलएभी साथ) ७ वर्ष र १ लाख ५० हजार किलोमिटर रहेको छ ।

यस गाडीमा सेल–टु–बडी (सीटीबी) इन्टिग्रेसन सहित ब्लेड ब्याट्री रहेको छ । बीवाईडीको अत्याधुनिक ई–प्ल्याटफर्म ३.० मा निर्मित सिलायन–७ क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित भएकाले विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन र नयाँ प्रविधिका लागि चर्चित छ ।

यस गाडीमा रहेको ब्याट्रीको क्षमता ७१.८ किलोवाट आवर र डब्लूएलटीपी रेन्ज ४ सय ४० किलोमिटर छ । कम्पनीका अनुसार सिलायन–७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३००० आरपीएममा घुम्ने क्षमता राख्छ । यो उच्च गति मोटरले तीव्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ ।

डबल विसबोन फ्रन्ट सस्पेन्सन र मल्टी–लिंक रियर सस्पेन्सन भएको यो सवारीसाधनको सबै कुनामा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पिङ (एफएसडी) सक अब्जर्भरहरू छन् । यस्तो प्रणालीले ड्राइभिङको समयमा सटिक नियन्त्रण प्रदान गर्दा नेपालका विविध सडक अवस्थामा उत्कृष्ट कम्फर्ट सुनिश्चित गर्छ ।

एक्स्पोको अवसर पारेर बीवाईडीले विश्व बजारमा सबैभन्दा धेरै रुचाइएकाे एटो वान सार्वजनिक गरेको छ भने बीवाईडी डल्फिन पनि प्रदर्शनीमा राखेको छ ।

Skip This
Skip This
Logo