काठमाडाैं । चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सार्वजनिक गरिएको छ । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेनरी भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ सार्वजनिक गरेको हो ।
मोडेल एचको सफलतापछि ल्याइएको मोडेल सी प्रो ३०० किमी लामो रेञ्ज, ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरू रहेका छन् । यसले ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।
यस कारमा २५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा ३०० किलोमिटर (सिएलटिपी ) सम्मको दूरी तय गर्न सक्छ । साथै, ३०किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ सुविधा समेत रहेको छ । जसको सहायताले गाडीलाई करिब ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीमा ३५ किलोवाटको मोटर र ११० एनएम टर्क रहेको छ, जसले विशेषगरी नेपालको चढाइयुक्त सडकमा सहज र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । छोटो टर्निङ रेडियस (४.८५ मिटर) भएकोले यो गाडी काठमाडौंका साँघुरा गल्लीहरू र पार्किङका लागि अत्यन्तै उपयुक्त छ ।
गाडीमा नयाँ फेसलिफ्ट डिजाइन, चार आकर्षक रङ (लेमन ग्रिन, चेरी रेड, रुबी ब्ल्याक र कोकोनट ह्वाइट), एलुमिनियम ह्विल र ९ इन्चको टचस्क्रिनसहितको आकर्षक इन्टेरियर रहेको छ, यसमा ‘डोअरस्टेप सर्भिस’ सुविधा पनि उपलब्ध छ, जसअन्तर्गत गाडी ग्राहकको घरबाटै उठाएर सेवा केन्द्रमा मर्मत गरी पुनः फिर्ता गरिनेछ । यस सुविधाले ग्राहकलाई सर्भिसका झन्झटबाट मुक्त बनाउने कम्पनीको दाबी छ ।
सुरक्षाका हिसाबले मोडेल सी प्रोमा सिंगल एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, आईएसओ फिक्स , रिभर्स क्यामेरा, एलईडी डे टाइम रनिङ लाइट, स्मार्ट की, ब्लुटुथ अडियो सिस्टम, डुअल युएसबी चार्जिङ पोर्ट, स्पोर्ट स्टेयरिङ लगायतका सुविधा उपलब्ध छन् ।
कम्पनीले मोडेल सी प्रोको मूल्य २३ लाख रुपैयाँ तोकेको छ, जसले यसलाई नेपालको सस्तो लङ–रेन्ज इलेक्ट्रिक गाडीको रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।





























प्रतिक्रिया