काठमाडौं । नेपाली बजारमा बीएस६ सिरिजका नयाँ सवारी साधन उपलब्ध हुने भएका छन् ।
भल्वो आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिले एक टिजर जारी गर्दै यो जानकारी दिएकाे हो । आगामी दिनमा बीएस६ मोडल गाडीका सिरिज नै उपलब्ध गराउने कम्पनीले संकेत गरेको छ । यसका लागि केही दिनमै बुकिङ खुला हुनेछ ।
सरकारले हालै सवारी साधनबाट हुने प्रदूषण र त्यसबाट हुने असर न्यूनीकरणका लागि भन्दै नेपाल सवारी सञ्चालन प्रदूषण मापदण्ड २०८२ जारी गरेको छ र यस अनुसार चारपांग्रे सवारीसाधनको हकमा युरो ६ मापदण्डअनुसार प्रदूषण परीक्षण हुनेगरी मापदण्ड लागु गरिएको छ । यसलाई बीएस६ बराबर मानिन्छ । यस अनुसार आगामी दिनमा सबै सवारी साधन यही मापदण्ड अनुसारका हुने छन् ।
भल्वो आइसरका सवारी साधनहरु प्रमाणित एयुटेक६ प्रविधिमा आधारित छन् । उच्च इन्धन किफायतीपना र कम मर्मत खर्चमा संचालन गर्न सकिने यी सवारी साधनमा स्मार्ट क्याविन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।





























प्रतिक्रिया