काठमाडौं। इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधनको बजारमा आफ्नो छुट्टै पहिचान बनाएको याडियाले आफ्नो उच्च प्रदर्शनयुक्त मोडल ‘याडिया भेल्याक्स’ को मूल्यमा विशेष छुटको घोषणा गरेको छ। कम्पनीका अनुसार अब यो स्कुटर २ लाख ८५ हजार रुपैयाँको पुरानो मूल्यबाट घटेर २ लाख ४५ हजार रुपैयाँमा उपलब्ध हुनेछ। कम्पनीले सीमित अवधिमा लागि स्कुटरको मूल्य ४० हजार रुपैयाँले घटाएको हो।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको सफलता र लगातार ८ वर्षको अग्रताको उत्सव मनाउन यो विशेष मूल्य कटौतीको घोषणा गरेको जनाएको छ।
याडिया भेल्याक्स त्यस्ता उपभोक्ताहरूका लागि डिजाइन गरिएको हो । यसमा ३,२०० वाटको शक्तिशाली मोटर र १७२ न्यूटन-मिटरको टर्क रहेको छ। यसको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्छ भने एक पटकको पूर्ण चार्जमा यसले १०० किलोमिटरसम्मको यात्रा गर्न सक्छ।
सुरक्षा र टिकाउपनका लागि यसमा ३० एएच/७२ भोल्टको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले थर्मल स्थिरता र लामो जीवनचक्र सुनिश्चित गर्छ। यसलाई जुनसुकै ठाउँमा पनि सजिलै चार्ज गर्न सकिने सुविधा उपलब्ध छ।
भेल्याक्समा अन्य धेरै सुविधाजनक विशेषताहरू पनि छन्। यसमा रिभर्स मोड, लामो यात्राको लागि क्रुज कन्ट्रोल, अगाडि र पछाडि दुवैमा डिस्क ब्रेकसहितको सीबीएस प्रणाली, र १७० एमएमको ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरू छन्। कम्पनीले यसको ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी पनि दिएको छ।
यो अफर सीमित समयका लागि मात्रै लागू हुने र स्टक सकिएपछि पुरानै मूल्य कायम हुने कम्पनीले स्पष्ट पारेको छ। हाल याडिया विश्वभर १०० भन्दा बढी देशमा सञ्चालनमा छ र नेपालमा कुजु नेपाल प्रालिले सन् २०२० देखि यसको वितरण गर्दै आएको छ।





























प्रतिक्रिया