काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएकाे छ ।
डिबेञ्चर निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । लक्ष्मी सनराइज बैंकले कुल ३०,००,००० कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य रु. १०००/- का दरले हुन आउने रकम रु.३,००,००,००,०००/- (अक्षरेपी तीन अर्ब मात्र) बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रेलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।
सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइजका प्रमुख वित्तीय अधिकृत पियूषराज अर्यालले हस्ताक्षर गरेका छन् ।































प्रतिक्रिया