काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले चांगनको सस्तो कार लुमिन लन्च यस वर्षको नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले यसको मूल्य यसअघि नै २२ लाख रुपैयाँ निर्धारण गरिसकेको छ । अटो शोमा बुकिङ गर्नेलाई झनै विशेष छुट दिने तयारी रहेको छ ।
चांगानको लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।
यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।
रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर यसमा पाउन सकिन्छ ।





























प्रतिक्रिया