सुनचाँदीको बढ्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको बढ्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ।

शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१० मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo