माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैंकले उक्त निर्णय गरेको हो ।

बैंकले उक्त आर्थिक वर्षका लागि आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

जसमध्ये ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकति प्राप्त भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।

Logo