एमजी एस–फाइभ ईभीको ब्रान्ड एम्बेसडर बनिन् प्रियंका रानी जोशी

एमजी एस–फाइभ ईभीको ब्रान्ड एम्बेसडर बनिन् प्रियंका रानी जोशी

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नेपालमा एमजी (मोरिस ग्यारेजेस) गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले मिस नेपाल वर्ल्ड २०२२ तथा मोडल प्रियंका रानी जोशीलाई एमजी एस–फाइभ ईभीको ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।

काठमाडौंस्थित प्यारामाउन्ट मोटर्सको शोरुममा आयोजित हस्ताक्षर समारोहमार्फत दुई वर्षे साझेदारी औपचारिक रूपमा सुरु गरिएको हो। सम्झौताअनुसार, प्रियंका आगामी दुई वर्षसम्म एमजी एस–फाइभ इभीको विज्ञापन तथा प्रवद्र्धनात्मक अभियानमा प्रतिनिधित्व गर्नेछिन्। कम्पनीका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीका अनुसार प्रियंकाको आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलता एमजी एस–फाइभ इभीको स्टाइल र परफर्मेन्ससँग पूर्ण रूपमा मेल खाने भएकाले उनलाई ब्रान्ड एम्ब्यासडरको रूपमा स्वागत गरिएको हो।

ब्रान्डसँगको आफ्नो नयाँ यात्राबारे उत्साह व्यक्त गर्दै प्रियंकाले भनिन्, “एमजी विशेष गरी एमजी एस–फाइभ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। एमजी इनोभेशन, परफर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो, र यो यात्रामा सहभागी हुन पाउनु मेरो लागि रोमाञ्चक अनुभव हो।”

यस साझेदारीमार्फत प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एस–फाइभ इभीलाई युवा तथा सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार, आकर्षक डिजाइन, अत्याधुनिक फिचर र शक्तिशाली परफर्मेन्ससहितको एमजी एस–फाइभ इभीलाई नेपाली बजारमा अझ प्रभावकारी ढंगले प्रस्तुत गरिनेछ।

प्यारामाउन्ट मोटर्स नेपालमा एमजी ब्रान्डका विभिन्न इलेक्ट्रिक र प्रिमियम एसयूभी उपलब्ध गराउने कम्पनी हो।

Skip This
Skip This
Logo