काठमाडौं । नेपाली अटो प्रेमीहरुले सर्वाधिक रुचाएको इलेक्ट्रीक कम्प्याक्ट एसयूभी एमजी एस५ ‘पपुलर ईभी मोडल अवार्ड’बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने एमजी एस५ लाई उक्त अवार्ड प्रदान गरिएको हो ।
लोकप्रिय एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभीले आफ्नो आकर्षक डिजाइन, आधुनिक सुविधाहरू, राम्रो ब्याट्री क्षमता र सुपथ मूल्यका कारण नेपाली बजारमा ठूलो लोकप्रियता हासिल गरेको छ। यसले ग्राहकहरूलाई एक भरपर्दो र स्टाइलिस विद्युतीय गाडीको विकल्प दिएको छ, जसका कारण यो छोटो समयमै निकै रुचाइएको छ।
नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले भित्र्याएको यस ईभीमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउने छ भने रियर–व्हिल ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिंक सस्पेन्सन प्रणाली र उन्नत इन्जिनियरिङ प्रयोगले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्याउँछ।































प्रतिक्रिया