लिपमोटर बी१० ‘बेस्ट इमर्जिङ प्रिमियम ईभी अवार्ड’बाट सम्मानित

लिपमोटर बी१० ‘बेस्ट इमर्जिङ प्रिमियम ईभी अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालको इलेक्ट्रिक सवारीसाधन बजारमा नयाँ तर शक्तिशाली खेलाडीको रूपमा उदाएको लिपमोटर बी१० ‘बेस्ट इमर्जिङ प्रिमियम ईभी अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा लिपमोटर बी१० उक्त अवार्ड प्रदान गरिएको हो ।

उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विशेषताहरूका साथ सा‌ङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० लाई नेपाली बजारमा भित्र्याएको हो । बी१० को बाहिरी भागको आकर्षक र भविष्यमुखी डिजाइनका साथै भित्री भागको उच्च गुणस्तरको सामग्री र फिनिसिङले यसलाई प्रिमियम श्रेणीमा स्थापित गरेको छ। यसमा रहेको ठूलो टचस्क्रिन, स्मार्ट ड्राइभिङ असिस्टेन्स सिस्टम, र डिजिटल ककपिट जस्ता सुविधाहरूले चालक र यात्रु दुवैलाई सहज र सुरक्षित अनुभव प्रदान गर्दछ।

शक्तिशाली मोटर र ब्याट्रीका कारण यसले लामो रेन्ज र द्रुत गति प्रदान गर्छ, जुन यसको सेग्मेन्टका अन्य गाडीहरूभन्दा उत्कृष्ट छ। ६७.१ किलोवाट ब्याट्रीसहितको यो मोडेलले एकपटकको फुलचार्जमा ४६० किमीसम्मको रेज्न दिनेछ ।

Logo