काठमाडौं । टाटा मोटर्सको प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोज भारत न्यू कार एसेसमेन्ट प्रोग्रामको सेफ्टी परीक्षणमा कीर्तिमानी सफलता हासिल गर्दै भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार बनेको छ ।
अल्ट्रोजले वयस्क यात्रु सुरक्षा र बाल यात्रु सुरक्षा दुवै विधामा ५ स्टार रेटिङ प्राप्त गरेको हो । यो नतिजाले यसअघि प्रिमियम ह्याचब्याक सेगमेन्टमा सबैभन्दा सुरक्षित मानिँदै आएको मारुती बलेनोलाई पछि पारेको छ । मारुती बलेनोले जुलाई २०२५ मा गरिएको परीक्षणमा ४ स्टार रेटिङ पाएको थियो ।
सुरक्षा स्कोरमा नयाँ कीर्तिमान
वयस्क यात्रु सेफ्टी: ३२ मध्ये २९.६५ अंक
बाल यात्रु सेफ्टी: ४९ मध्ये ४४.९० अंक
यो स्कोर ह्याचब्याक वर्गमा हालसम्मकै उच्च मानिएको छ ।
विस्तृत सेफ्टी परीक्षण नतिजा
१. वयस्क यात्रु सेफ्टी: अगाडिको प्रभाव परीक्षण (६४ कि.मि. प्रतिघण्टा): १६ मध्ये १५.५५ अंक प्राप्त भएकाे छ । यसमा चालक र सह-चालकका महत्त्वपूर्ण अंगहरूको सुरक्षा राम्रो पाइए पनि खुट्टाको हड्डीको सुरक्षा सीमित देखियो ।
साइड इम्प्याक्ट परीक्षण (५० कि.मि. प्रतिघण्टा): १६ मध्ये १४.११ अंक प्राप्त भयो । यात्रुको टाउको र पेट सुरक्षित देखिए पनि छातीको सुरक्षा मध्यम र पेटको सुरक्षा सीमित रहेको जनाएको छ ।
पोल साइड इम्प्याक्ट परीक्षण: यस परीक्षणमा भने यात्रुको शरीरका सबै भागहरूको सुरक्षा पर्याप्त पाइएको छ ।
२. बाल यात्रु सेफ्टी:
अल्ट्रोजले कुल ४९ मध्ये ४४.९० अंक प्राप्त गर्यो । १८ महिनाको र ३ वर्षको बच्चाको डमीलाई बाल संयम सिस्टममा विपरीत दिशामा फर्काएर गरिएको परीक्षणमा यो नतिजा आएको हो ।
डायनामिक स्कोर: २४ मध्ये २३.९० अंक
चाइल्ड रिस्ट्रेन्ट सिस्टम इन्स्टलेशन स्कोर: १२ मध्ये १२ अंक
भेइकल असिसमेन्ट स्कोर: १३ मध्ये ९ अंक
टाटा अल्ट्रोजमा सेफ्टीका लागि अत्याधुनिक फिचरहरू समावेश गरिएका छन्, जसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, सबै सिटमा सिटबेल्ट रिमाइन्डर र पछाडिका सिटमा आईसोफिक्स चाइल्ड-सिट माउन्ट लगायत छन् ।





























प्रतिक्रिया