नेपाल टेलिकमको सेवामा समस्या

नेपाल टेलिकमको सेवामा समस्या

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ।

केही समयदेखि मोबाइलमा नेटवर्क नआउने, कल गर्न नसकिने र डाटा (इन्टरनेट) चलाउन अप्ठ्यारो हुनेजस्ता समस्याहरू देखिएका छन्। विशेषगरी कम्पनीको फोरजी र भोल्टी सेवामा गम्भीर अवरोध आएको ग्राहकहरूले गुनासो गरेका छन्। नेटवर्कमा बारम्बार समस्या आउँदा महत्त्वपूर्ण काम र कुराकानीमा बाधा पुगेको उनीहरूको भनाइ छ।

नेपाल टेलिकमले यस विषयमा अहिलेसम्म आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन।

Logo