काठमाडौं । दशैं बिदापछि खुलेको शेयर बजारमा पहिलो दिन नै भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अङ्कले घटेर २,६०४.९६ विन्दुमा आइपुगेको हो।
आज कुल १ करोड ३ लाख कित्ता सेयर ५५ हजार ४५० पटक किनबेच हुँदा कुल ४ अर्ब ६२ करोडको कारोबार भएको छ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज कारोबार भएका कुल २४२ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य घट्दा जम्मा १६ कम्पनीको मात्र मूल्य बढेको छ। त्यस्तै, १ कम्पनीको मूल्य भने स्थिर रह्यो।





























प्रतिक्रिया