काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा अटोमोबाइल व्यवसायी पुष्करराज ओझा निर्वाचित भएका छन् ।
आइतबार रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै अध्यक्षमा ओझा विजयी भएका हुन् । ओझा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका वर्तमान कार्यसमितीमा उपाध्यक्ष हुन् ।
कुल एक हजार नौ सय ४० मत खसेकोमा ९५० मतसहित अध्यक्षमा ओझा विजयी हुँदा स्वाँरले ८८९ मत पाएका छन् । महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् ।































प्रतिक्रिया