वासिङटन डी.सी.मा अर्थमन्त्रीले गरे अमेरिकी वाणिज्य प्रतिनिधिसँग व्यापार र लगानी प्रबर्द्धनमा छलफल

वासिङटन डी.सी.मा अर्थमन्त्रीले गरे अमेरिकी वाणिज्य प्रतिनिधिसँग व्यापार र लगानी प्रबर्द्धनमा छलफल

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज अमेरिकीको वासिङटन डी.सी.मा त्यहाँका वाणिज्य प्रतिनिधिसँग छलफल गरेका छन् । मुख्यगरी नेपाल र अमेरिका बीच व्यापार र लगानी प्रबर्द्धनको विषयमा छलफल गर्दै उनले नेपाल ट्रेड प्रिफ्ररेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह समेत गरे ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशको सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवाद भएको अर्थ लमन्त्रालयले जनाएको छ ।

त्यसै गरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए । जापान सहयोग नियोगका प्रतिनिधिसँग बिपी राजमार्ग पुनर्निर्माण, नागढुङ्गा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ ।

त्यसैगरी अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया प्रशान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे ।

सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।

Skip This
Skip This
Logo