सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । यो साता लगातर घट्दो क्रममा रहेको सुनको भाउ शुक्रबार बढेको छ। हिजोको तुलनामा आज सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको हो । यस्तै चाँदी पनि आज प्रतितोला ८० रुपैँया वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी बिहीबार तोलाको दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ६० रूपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Logo