उद्योगको लाइन काटेर सरकारले समस्या बल्झाएको उद्योग संगठन मोरङको आरोप

उद्योगको लाइन काटेर सरकारले समस्या बल्झाएको उद्योग संगठन मोरङको आरोप

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । उद्योग संगठन मोरङले डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद समाधानको साटो सरकारले समस्या बल्झाएको आरोप लगाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै सरकारले समाधानको साटो उल्टो कदम चालेको जनाएको हो।

‘लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाइन काटिएको सम्बन्धमा उद्योग संगठन मोरङको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समय देखि विवाद समाधान हुन नसकेको तथा सरकार आफैले ठोस रूपमा तत्कालै समाधानको पहल गर्नु पर्नेमा सरकार परिवर्तन भए पिच्छे पटकपटक विवाद बल्झाइरहेको हुँदा यसले समग्र निजी क्षेत्रप्रति नकारात्मक भाष्य श्रृजना भइरहेकोमा हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ।’

उद्योगहरूमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा कस्तो सन्देश नराम्रो जाने संगठनको बुझाइ छ।

उत्पादन ठप्प हुँदा रोजगारी, राजश्व तथा बैंक व्याज भुक्तानी, बजार श्रृंखला लगायतको क्षेत्रमा असर परेको जनाइएको छ। संगठनले चेतावनी दिएको छ कि यदि सरकारले यथाशीघ्र पहल नगरेमा उद्योगिक क्षेत्र थप संकटमा फस्नेछ, जसको जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्नेछ।

Skip This
Skip This
Logo