काठमाडौं
सरकारले केहि दिन अघि मात्रै इन्धनको मुल्य वढाए पनि अहिले राजधानीमा इन्धनको अभाव देखिएको छ । वढेकै मुल्यमा पनि नागरिकले इन्धन पाएका छैनन् । भारतको रक्सौलबाट नेपाल आउने ट्याङ्कर चालकलाई भारतीय प्रहरीले बिना कारण पिटेको भन्दै ट्याङ्कर चालकहरु आन्दोलित भएका छन् । आन्दोलनका कारण बाराको अमलेखगञ्जस्थित डिपोबाट हुने सम्पूर्ण लोड अनलोडको कार्य आईतबार देखि प्रभावित भएको छ ।
ट्याङ्कर चालकहरुले भारतीय प्रहरीले बिनाकारण आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको र आफूहरु असुरक्षित भएको भन्दै निगम अगाडि धर्ना दिएका छन् । उनीहरुले रक्सौल नाका बन्द गर्नुपर्ने र सोनवर्षा नाका सुचारु गर्नु पर्ने लगायतका मागहरु राखेर गेटमा धर्ना दिइरहेका छन् ।
ट्याङ्कर चालकहरु आन्दोलित भए सँगै राजधानीमा इन्धनको अभाव शुरु भइसकेको छ । अधिकांश पेट्रोल पम्पहरुमा इन्धन नभएको बोर्ड झुण्डिएका छन् । पटक पटक यस्ता समस्याहरु दोहोरिने र सर्वसाधारणले दुःख पाइरहने पुरानै रोगको स्थायी समाधान गर्न सरकारले सकेको छैन ।
भारतीय प्रहरीले पटक–पटक यस्तो ज्यादती गर्ने गरेको भन्दै सुरक्षित महशुस गर्ने वातावरण तयार नभएसम्म ट्याङ्कर लोड अनलोड नगर्ने अडान चालकहरुले लिएका छन् । यता निगमका उपप्रबन्धक रामहरी निरौलाले यस विषयमा आफू समक्ष कुनै औपचारिक जानकारी नआएको बताए ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया