‘मेरो खुकुरी’ अभियानसँगै खुकुरीले मनायो नयाँ अध्यायको सुरुवात

‘मेरो खुकुरी’ अभियानसँगै खुकुरीले मनायो नयाँ अध्यायको सुरुवात

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । नेपाल डिस्टिलरीज प्रा.लि.को आइकोनिक ब्रान्ड खुकुरी रमले नोभेम्बर ५मा एक्स ओ क्लबमा आफ्नो नयाँ अभियान ‘मेरो खुकुरी’ सार्वजनिक गर्दै ब्रान्ड यात्राको नयाँ अध्याय सुरु गरेको छ ।

यस कार्यक्रममा कलाकार, क्रियेटर र युवा परिवर्तनकर्ताहरू एकै ठाउँमा भेला भई नेपाली गर्व, एकता र आत्म–अभिव्यक्ति को उत्सव मनाइएको कम्पनीले जनाएको छ। साँझको मुख्य आकर्षणस्वरुप ओएमजी स्पार्कको ‘मेरो खुकुरी’ संगीत भिडियोको पहिलो प्रदर्शन गरिएको थियो । यसले आजका युवाहरूको ऊर्जा र नेपाली संस्कृतिप्रतिको गर्वलाई एउटै तालमा बाँधेको थियो।

कार्यक्रमको सञ्चालन रोनीश्मा श्रेष्ठले गरेकी थिइन् । ओएमजी स्पार्कको लाइभ प्रस्तुति, आकर्षक अनुभवहरू र ‘वान स्पिरिट. वान नेपाल’ भन्ने भावनाले भरिएको यो साँझले ‘मेरो खुकुरी’ अभियानलाई जीवन्त बनाएको कम्पनीले जनाएको छ।

यस अभियानमार्फत खुकुरी रमले पुरानो दृष्टिकोण परिवर्तन गर्दै आफ्नो पहिचानलाई नयाँ पुस्तासँग जोड्न खोजेको छ। एउटा यस्तो ब्रान्डका रूपमा, जुन केवल परम्पराको प्रतीक होइन, बरु आधुनिक नेपाली गर्व र पहिचानको प्रतीक हो।

Skip This
Skip This
Logo