काठमाडौं ‘जिरो इमिसन राइड (एन)’ले ललितपुरको सातदोबाटोमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
एक विशेष समारोहका बीच स्थानीय समाजसेवी मथुरा घिमिरेद्वारा रिबन काटि शोरुम उद्घाटन गरिएको हो । कम्पनीले देशभर ‘देशको ऊर्जा, देशमै खपत’ भन्ने नारासहित पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्रान्डका विद्युतीय स्कुटरहरूको आधिकारिक विक्रि तथा वितरण गर्दै आएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले लामो समयदेखि अटोमोवाइल क्षेत्रमै व्यवसाय गदै आइरहेकोले बिक्रि पछिको सेवामा उत्कृष्ट काम गर्ने कम्पनीको रुपमा चिनिन पाउँदा गर्व लागेको बताए ।
शोरुममा स्कुटर खरिद गर्दा कम्पनीले सञ्चालन गरिरहेका हरेक अफर र स्किमहरूको सुविधा पनि उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले पुराना बाइक वा स्कुटर साटेर नयाँ लुयान स्कुटर लैजान सक्ने र फाइनान्स सुविधा पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया