नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयन गर्न नाडाको आग्रह

नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयन गर्न नाडाको आग्रह

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयन गर्न आग्रह गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले असार ९ गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागू गरिसकेकाले तोकिएको गाडी व्यवसायीलाई समयावधि भित्र आफ्ना सवारी साधनहरुको पनि भन्सार जाँचपास गर्न समेत नाडाले अनुरोध गरेको छ ।

नाडाले वन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा पत्राचार गरेर आवश्यक समन्वयसमेत गरिसकेको जनाएको छ । असोज १० गतेको नेपाल राजपत्रमार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ प्रकाशन भएसँगै लागू भएको छ ।

प्रोफर्मा इन्भ्वाइस जारी भ}सकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मङ्सिर १५ गतेसम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय भएको छ।

Skip This
Skip This
Logo