सुनचाँदीको मोलमा केही थपघट

सुनचाँदीको मोलमा केही थपघट

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo