गुठीचौर गाउँपालिका–१को वडा कार्यालय भवन निर्माण

गुठीचौर गाउँपालिका–१को वडा कार्यालय भवन निर्माण

केन्द्रबिन्दु
9
Shares

जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका–१ ले वडाको नवनिर्मित पक्की भवनबाट सेवा सुरु गरेको छ । भवन सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि सघन सहरी विकास कार्यालयको रु ४७ लाख बजेटमा वडाको प्रशासकीय भवन निर्माण भएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए ।

यहाँका आठ स्थानीय तहका ६० वटा वडा कार्यालय रहेका छन् । जसमध्ये अधिकांश कार्यालय भाडाका घरमा सञ्चालन भइरहेका छन् । कार्यालयले चारकोठेसहितको एकतले भवन निर्माण गरेको छ । दोस्रो तला पनि थप गर्ने योजना बनाइएको छ ।

Logo