बैंकिङ क्षेत्र गैरकानुनी मुद्धामा पर्नु राष्ट्र बैंकको कमजोरी हो -अधिवक्ता चौलागाईं

बैंकिङ क्षेत्र गैरकानुनी मुद्धामा पर्नु राष्ट्र बैंकको कमजोरी हो -अधिवक्ता चौलागाईं

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । अधिवक्ता एवम् रास्वपाका नेता मधु चौलागाईंले बैंकिङ क्षेत्रहरु गैरकानुनी मुद्धामा पर्नुको मुख्य कारण नै नेपाल राष्ट्र बैंकको कमजोरी रहेको बताएका छन् ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरे पश्चात सोमबार केन्द्रविन्दुसँग कुराकानी गर्दै उनले बैंकहरुले रकम अपचलन गर्नुको कारण राष्ट्र बैंकको कमजोरी रहेको बताएका छन् ।

उनले राष्ट्र बैंकले सानातिना केहि मुद्धाहरु हुने वित्तिकै बैंकले कडा कदम चालेको भए यसरी बारम्बार यस्ता प्रकरणमा नदोहोरिने दाबी गरे । उनले राष्ट्र बैंकले सही ढंगले छानबिन पनि नभएको कारणले बारम्बार यस्ता घटना दोहोरिएको आरोप लगाए । उनले राष्ट्रबैंकलाई अब यस्ता गल्ती दोहोर्याउने छुट नहुने पनि बताए ।

Skip This
Skip This
Logo